1. विद्यालयले आयोजना गरेको वनभोज कार्यक्रमको वर्णन गरी साथीलाई चिठी लेख।
Answers
Answer:
Explanation:
प्यारी साथी सुस्मिता, सुमधुर सम्झना ।
यहाँ म लगायत सबैजना सञ्चै छौँ र त्यहाँ पनि सबै आरामै हुनुहाेला भन्ने कामना गर्दछु । लामो समय भयो हामीले एक अर्कालाई चिठी लेखेका छैनौँ । फाेनमा कुरा गर्दा त्यति लामाे कुरा नहुने र मनमा लागेका सबै कुरा पूरा गर्न नपाइने हुँदा पत्र काेर्दै छु । आज म परिवारले आयाेजना गरेकाे वनभाेज कार्यक्रममा गएकाे र त्यहाँ बिताएका रमाइला पलहरूकाे वर्णन गर्दै छु । सुस्मिता, २०७६ फागुन ७ का दिनमा हामी आफ्ना नातेदार सहित ४० जनाकाे समूहमा वनभाेज गएका थियाैँ । वनभाेजस्थल प्राकृतिक दृष्टिले सुन्दर स्थल नगरकाेट ताेकिएकाे थियाे । अघिल्लाे दिनमा नै हामीले वनभाेजका लागि चाहिने सामान किनिसकेका थियाैँ र बाबा र काकाले गाडीकाे व्यवस्था पनि गरिसक्नुभएकाे रहेछ । बिहानकाे ७ बजे सबैजना जयवागेश्वरी चाेकमा भेला भयाैँ र नगरकाेटका लागि प्रस्थान गर्याैँ । गाडीमा गाउँदै, नाच्दै, रमाइलाे गर्दै करिब ८ः३० मा हामी नगरकाेटमा पुग्याैँ । त्यहाँ पुग्दा हामीलाई भाेक लागिसकेकाे कारणले बिहानकाे खाजा खायाैँ र त्यहाँकाे रमणीय स्थलकाे अवलाेकन गर्न निस्कियाैँ ।
त्यहाँबाट देखिने सगरमाथाकाे हिमाली दृश्य र हरिया वनजङ्गलकाे दृश्यले हामीलाई स्वर्गीय आभाष भएकाे थियाे । हाम्रा अभिभावकले हामीलाई त्यहाँ रहेका रमणीय स्थलकाे अवलाेकन गराउनुभयाे र हामीलाई धेरै कुरा सिकाउनुभयाे । मैले त्यहाँकाे रमणीय स्थलहरूकाे वर्णन शब्दहरूमा व्यक्त गर्न सक्दिनँ । केही समय घुमेर फर्किएपश्चात हामीले मिठा मिठा परिकारहरू खायाैँ । सबैजना भेला भएर गीत गायाैँ र रमाइला गीतहरू बजाएर नाच्याैँ । रमाइलाे गर्दागर्दै समय बितेकाे पत्तै भएनछ । घामका किरणहरूले डाँडा काट्न लागेका रहेछन् । त्यसपछि हामीले सूर्यास्त पनि हेर्ने मौका पायाैँ । यसले एकदम रमाइलाे अद्भुति गराएकाे थियाे । तिमी पनि त्यहाँ भएकाे भए अझै कति रमाइलाे हुन्थ्याे हाेला भनी मैले त्यतिबेला तिमीलाई सम्झेकी थिएँ । केही समय सुर्यास्तकाे सुन्दर दृश्यावलाेकन गरिसकेपछि सबैजना मिलेर सामान ठिक पार्याैँ र गाडीमा लग्याैँ । त्यसपछि सबैजना गाडीमा बस्याैँ र गीत गाउँदै रमाइलाे गर्दै फर्कियाैँ ।
लेख्दादेख्दै चिठी पनि लामाे भइसकेछ । तिमी पनि यस्तै रमाइलाे ठाउँमा घुमेकाे भए पत्रमा लेखेर पठाउनेछाैँ भन्ने आशा गरेकी छु । अहिलेलाई बिदा चाहन्छु । तिमीलाई हरपल सम्झिरहने संस्कृति ठकुरी