Hindi, asked by rahulbista, 11 months ago

5. मेरो भविष्यको योजना
३. वढ्दो महँगी र वेरोजगारी
1. नेपालका प्राकृतिक सम्पदाहरू​

Answers

Answered by equbalrajiya123
3

Answer:

5.) सबै मानिसले कुनै न कुनै लक्ष्य लिएरै जन्मेका हुन्छन्। हरेक मानिसको लक्ष्य हुन्छ । हामीमा भएको आन्तरिक क्षमतालाई बुझेर हामीले आफ्नो लक्ष्य पुरा गर्न सक्नुपर्छ । लक्ष्य प्राप्त गर्दा धेरै बाधाहरू आउँछन् तर हामीले कहिले हार मान्नु हुँदैनन् । त्यस्ता मानिसनै जीवनमा केही गर्न सक्छन् र आफ्नो जीवनलाई पनि अमर बनाई मर्न सक्छन् । उदाहरणको रूपमा लक्ष्मी प्रासाद देवकोटा, प्रिथिवी नारायाण शाह आदिलाई लिन सक्छौं । तिनिहरूले आफ्नो लक्ष्य प्राप्त गर्न धेरै कठिनाइको सामना गर्नु परेको थियो। त्यसैगरी हामीले पनि हरेस नखाई आफ्नो लक्ष्य पुरा गर्न आज देखि नै लाग्नु पर्छ । यदि हामीले बच्चै देखी मेहनत गर्यो भने पछि गएर लक्ष्य पुरा गर्न सजिलो हुन्छ ।

यो संसारमा हरेक मानिस केही न केही सिप र कला लिएर जन्मेका हुन्छन् । हामीले त्यस क्षमतालाई बुझेर आफ्नो मेहनतले त्यसलाई प्रस्फुटन गर्न सक्नुपर्छ । त्यस पछि हाम्रो जीवनमा आरामै आरामै हुन्छ । दुख पछिको सुख मीठो हुन्छ भने झैँ हामीले दुख गरे पछि मात्र सुख प्राप्त गर्न सक्छौ ।

जीवनमा लक्ष्य चुन्न गाह्रो हुन् सक्छ तर हाम्रो सिपले हामीलाई अगाडि बढ्न धेरै मौकाहरु दिइरहेको हुन्छ। हामीले त्यस्ता मौकाहरूलाई छोड्नु हुँदैन । हाम्रो लक्ष्य ठूलो नभई सानो पनि हुन् सक्छ, काम सानो ठूलो भएर हुँदैन । हामीले आफ्नो मनलाई लक्ष्य पुरा गर्नमा लगाउनुपर्छ । समस्याहरूलाई पछाडि धकेल्न सक्नुपर्छ र जीवनलाई एउटा रहमा लगाउनुपर्छ।

1.)हिमालको सेतो फेटा, पहाडको हरियो भोटा र तराईको पहेँलो कछाड फेरेर बसेको मेरो देश मेरो मुटुको टुक्रा हो । सिन्धुमा हराएको विन्दु जस्तै विश्वको भूमण्डलमा सानो देखिए पनि मेरो देश मेरो प्राकृतिक दृश्यले एकदमै सुन्दर र पवित्र छ । पूर्व मेची र पश्चिममा कालीको रेखा कोरेर उत्तरतर्फ हिमश्रृङ्खलाको प्राकृतिक पर्खाल लगाई स्वयम् प्रकृति नै मेरो देशको रक्षामा खटिएकी छिन् । यस देशको चार किल्लाभित्र प्रकृति रमाउँदै नाचेकी छिन् ।

सूर्यका सुनौलो र सुकुमोल किरणहरु जब हिमाललाई स्पर्श गर्दै आउँछन् । अनि मेरो देशमा उज्यालो देखिन्छ । रहस्यको सखर मेरो देश अनेकता भित्र एकता भएको देश हो विश्वभरिकै प्राकृतिक सौन्दर्यलाई जम्मा पारेर भगवान्ले यसै मुलुकमा खन्याएकी छिन् । “चार जात छतिस वर्णको फूलबारी” का रुपमा रहेको मेरो देशभित्र अनेक जातजाति छन् ।

Similar questions