Biology, asked by Meghasah231, 8 months ago

answers the questions ​

Attachments:

Answers

Answered by pompi016
2

Answer:

नेपाल कविताको मुख्य भाव लेख।

उत्तर : मुख्य भाव

नेपाल कविताका लेखक सिद्धिचरण श्रेष्ठ हुन् । उनको जन्म मृत्यु (१९६९–२०४७) मा भएको थियो । यो कविता उनको बहु सन्देश दिने कविता हो । उनले यस कविताको माध्यमबाट नेपालको समस्त सौन्दर्यहरु, पुर्खाले दिएको योगदानहरुको चित्रण गरिएको छ ।

नेपाल प्रिय, पवित्र र सुन्दर देश देखाउँदै संगीत समान सुमधुर लयबद्ध छहराहरुको देशको रुपमा चिनाएका छन् । पानैपाना पल्टाएजस्ता खुला पर्वतीय प्राकृतिक कला सौन्दर्यको वर्णन कविले गरेका छन् । नेपाल बहुमूल्य प्राकृतिक सौन्दर्य हिमाल, पहाड, तराइले सजिएको अधिकतम पक्षलाई समेट्दै उनले नेपाली जाती, प्रकृति, इतिहास र संस्कृतिका विशेषताहरु केलाउने प्रयत्न गरेका छन् ।

नेपाल कवितामा कविले पुर्खाहरुको रगत, पसिना, त्याग तपस्याले देशको सृजना भएको चर्चा गरिएको छ । हाम्रा पुर्खाहरुले ज्यानको बाजी लगाएर देशको राष्ट्रिय स्वाभिमानलाई उच्च बनाएका छन् । बहादुर गौरवशाली पुर्खाहरुको रगत प्रत्येक नेपालीको नसा–नसामा बगिरहेको छ । संकटको घडीमा समेत हाँसीखुसी उनले देशको निमित्त बलिदान दिएका छन् । पुर्खाहरुको योगदानले नै आज हाम्रो पहिचान बनाएको भन्दै उनीहरुको उदाहरणीय अभिव्यक्ति यस कवितामा गरिएको छ ।

नेपाल ज्यामी, सिपाही र किसानहरुको देश हो । यिनै श्रमीहरुले मेहनत परिश्रम गरेर नेपालीहरुलाई आत्मनिर्भर बन्न सक्ने आधार, बाटो देखाएका छन् । यिनीहरुकै भरोशा आडमा देश अडेको छ । ज्यामी, सिपाही किसानहरु रगत पशिनाले देश भिजेको छ । हाम्रा पुर्खाहरु यिनै ज्यामी, सिपाही र किसानहरु हुन् । यिनै प्रत्येक श्रमिकहरुको बलिदान, मेहनत संघर्ष बलिदान त्यागले नेपाल आज संसारमा सुन्दर स्वर्गीय भूमिको रुपमा परिचित छ । यिनीहरु देशका बलिया खम्बा हुन् । यिनीहरुमा नै नेपाल अडिएको छ । यिनै खम्बा साहाराबाट नै नेपालको कल्याण हुन्छ ।

Answered by angelinabino9c
0

Answer:

the dp is urs it's too nice looking cute

Similar questions