गाउले जीवन भन्दा सहरिया जीवन बेस भन्ने विषयमा वादविवाद लेख
Answers
Explanation:
शुक्रबारको त्यो दिन, वादविवाद सकिएपछि हारजितसंगै लिएर स्कुलबाट दुवैजना फर्किएको अस्तिजस्तो लाग्छ । सहरको पक्षमा तर्क राख्दै त्यतिबेला प्रथम हुन सफल म आज वास्तविक जीवनमा भने असफल भएर सहरकै एउटा कुनामा बसेको २० वर्ष भएछ । समयको हिसाब राख्ने नजिकै काँटीमा झुण्डिएको क्यालेन्डरले नढाँटेको भए ।
‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसि’ आफू जन्मिएको ठाउँ र आफूलाई जन्म दिने आमा स्वर्गभन्दा पनि प्यारो हुन्छ भन्ने यो रामवाणीमा अहिले पनि कति यथार्थ रहेछ । मलाई भने ‘गाउँले जीवनभन्दा सहरीया जीवन बेस’ भन्ने शीर्षकमा स्कुल पढ्दा गरिएको त्यो वादविवादको झझल्को आइरहेको छ यतिबेला । मैले सहरीया जीवनको पक्षमा राखेका ती गहकिला तर्क जसका कारण प्रथम हुन सफल म, अनि गाउँले जीवनको पक्ष लिएर हार बेहोरेको त्यो तेजकुमार ।
मैले आज आएर बल्ल महशुस गरेको छु । ‘सहरीया जीवनभन्दा गाउँले जीवन बेस’ भन्ने चाहिँ ।्
हो तेजकुमार तिमी त साह्रै बुद्धिमानी र भाग्यमानी रहेछौ । अभागी त म रहेछु, छोटो बुद्धि मेरो रहेछ । मैले पनि गाउँले जीवन रोजेर वादविवादमा हारेको भए सायद आज गाउँले जीवनमै रमाएर बस्थेँ होला ।
वास्तविक सहर नदेखी सहर राम्रो हुन्छ भन्ने तर्ककै भरमा वर्तमानको सुखद् परिकल्पना गरेर पढ्न छिरेको थिएँ सहरमा । म सहरमा त्यसै रमाएँ । म सहरको रमझममा भुलेँ एकछिन् । त्यसैले आज मसँग न त घर छ, न त खेतबारी नै बाँकी छ । लाग्दै छ, टुँडीेखेल वरिपरि कागजको घोडामाथि चढेर वादविवादमा जितेको सहरमा घुमिरहेको छु । तिमी गाउँकै हरियाली र मनोरम वातावरण अंगालेर श्रम र पसिनामा रमाइरहेका छौ आज । फरक यति मात्रै छ, म बाबुबाजेले जोडेको जायजेथा बेचेर, थातथलो छोडेर काठमाडौं सहरमा अँध्यारो कोठाको शरणमा आएँ ।
के गर्नु, घरहरु नजिक भएर पनि मन टाढा हुँदोरहेछ सहरका मान्छेको । आँगनमा तुलसी मठसमेत नअटाउने, दुईचारवटा फूल फुलाउन पनि गमला किन्नुपर्ने, तरकारीका लागि कौसीेखेतीको आश गर्नुपर्ने, मर्दा सुताउने ठाउँ पनि नभएको, चारजना अट्ने बरन्डासम्म पनि नभएको कोचारो...। त्यसमा पनि कतिपय घरधनीको हेलाहाँसो र उपेक्षित व्यवहार सहनुपर्ने । बरन्डाबाट पिच्चपिच्च थुकेको थुक र खकार सोहोरेर बस्नुपर्ने