World Languages, asked by Kaustobh3993, 4 months ago

इन्टरनेटको फाइदा र बेफाइदा

Answers

Answered by nehapandey13
9

Explanation:

तपार्इं इन्टरनेटमा धेरै समय भिडियो गेम खेल्नमा बिताउनु हुन्छ ? के तपार्इं बाध्यात्मक हिसाबले अनलाइन सपिङ्ग गर्नु हुन्छ ? के तपार्इं आफ्नो फेसबुकमा आउने सूचनाहरू घरिघरि हेर्नबाट आफुलाई रोक्न सक्नु हुन्न ? के तपार्इंको यस्तो किसिमको बानीले दैनिक जीवन–काम, सम्बन्ध अथवा पढाईमा असर त परिरहेको छैन ? यदि तपाईंको उत्तर ‘हो’ भने तपाईंलाई इन्टरनेटको लत छ ।

विश्वव्यापी तथ्यांक हेर्ने हो भने आम जनसंख्याको करिब ३८ प्रतिशतमा यस्तो समस्या छ भने अमेरिकी तथा यूरोपेली देशमा जनसंख्याको ८ दशमलब २ प्रतिशतसम्ममा यो समस्या देखिएको विभिन्न अध्ययनले देखाएका छन् । इन्टरनेटको लतलाई यसरी वर्गीकरण गरिएको छ ः–

१. नेट कम्पलसन अर्थात् अनलाईन सपिङ्ग धेरै गर्ने ।

२. अनलाइन गेम प्लेइङ एडिक्सन अर्थात इन्टरनेटमा धेरै गेम खेल्ने लत ।

३. साइबर सेक्सुअल एडिक्सन अर्थात् इन्टरनेटमा पाइने यौन उत्तेजनात्मक लेख, पोस्टर वा भिडियोको लत ।

४. साइबर रिलेसन एडिक्सन अर्थात् धेरै मात्रामा च्याट, म्यासेन्जर, फेसबुक, इन्स्ट्राग्राम वा इमेल जस्ता सामाजिक सञ्जालको प्रयोग गरिराख्ने लत ।

इन्टरनेट वा स्मार्ट फोनका लतले गर्ने असर अरु मानसिक समस्यामा जस्तंै एउटा मात्रै कारण यसमा भन्न सकिदैन । इन्टरनेटको लत विभिन्न प्रकारका जैविक, मनोवैज्ञानिक तथा सामाजिक कारणको समिश्रणले गर्दा हुन सक्छ ।

Similar questions