क कवितामा कविले नेपालको प्राकृतिक सुन्दरतात
स्पष्ट पारपर्वात कसरी गरेका छन्
.
Answers
Answer:
नेपाल कविताको मुख्य भाव लेख्नुहोस् ।
उत्तरः “नेपाल” कविताका लेखक सिद्धिचरण श्रेष्ठ हुन् । उनको जन्म वि.स. १९६८ असार ९ मा पुर्वी नेपालको प्रदेश नं १ अन्र्तगत ओखलढुंगा जिल्लामा भएको थियो । उनको बुबाको नाम विष्णुचरण र आमा निरकुमारीका उनी एक्लो सन्तान हुन् । उनले पन्ध्र वर्षको उमेर देखि नै साहित्य लेखेका थिए । उनले नेपाली साहित्यमा थुपै्र कविता लेखेर योगदान दिएका थिए । उनका प्रसिद्ध साहित्यहरुमा मेरो प्यारो ओखलढुंगा, निर्झर, साँझमा हिमालयको दृश्य, जुनकिरी, वर्षा आयो, वसन्त इत्यादि छन् । उनी स्वच्छन्दतावादी, प्रकृतिप्रेमी, यथार्यवादी लेखक हुन् । नेपाली साहित्यमा उनलाई युगकवि भनेर चिनिन्छ । “नेपाल” कविता उनका प्रसिद्ध कविता मध्येको एक कविता हो । उनले यस कवितामा नेपालको सुन्दरताको वर्णन गरेका छन् । यस कवितामा देशप्रेम, प्रकृतिप्रेम र स्वतन्त्रप्रेमलाई प्रस्तुत गरिएको छ । यी विविध भावको सुन्दर संयोजनबाट यस कवितामा कविले देशभक्तिको भाव प्रस्तुत गरिएको छ । कविले नेपाललाई सुन्दर र पवित्र देशको रुपमा उल्लेख गर्दै यस देशलाई सुन्दर पार्ने अनेक किसिमबाट वर्णन गरेका छन् । प्राकृतिक सुन्दरताका धाराहरु लहलह रुपमा बगेको देख्न सकिन्छ साथै देशलाई सुन्दर बनाउने पर्वतमालाहरु टहटह टल्किने सुन्दर हिमालहरले अझ सुन्दर बनाएको छ । वनजङ्गल, खोलानाला र चिरबिर चराको आवाजबाट निस्कने ध्वनिमा नेपालीहरुको पुरानो संस्कृतिको अभिव्यक्ति भएको पाइन्छ । यस्तो सुन्दर र महान देशको स्वतन्त्रता र रक्षाका लागि हाम्रा पुर्खाहरुले पटक पटक शत्रुहरुसँग जित हासिल गरेर बहादुरी देखाएका छन् । उनीहरु आफ्नो इज्जत र मान थप्दै अधि बढेका छन् । पुर्खाले दिएको बाटोमा आज हामी पनि अधि बढेका छौ र यसमा ज्यामी, सिपाही र किसान सबै बलियो सहारा बनेको छ । देशको सिर्जनामा हाम्रा पुर्खाले रगत र पसिना बगाएका छन् । उनीहरले देखाएको वीरता हाम्रो नसा नसामा छ । हामी उनीहरले देखाएको बाटोमा हिडिरहेका छौ र देश स्वर्ग चुम्ने दिशामा अग्रसर भएको छ । हाम्रा पुर्खाहरुले विपत्तिमा पनि कति नडराई काम गरेका थिए । हाँसी हाँसी फाँसी चढ्न समेत तय।र भएका थिए । उनीहरले नै देश बचाएका थिए । उनीहरुकै संधर्ष र बलिदानबाट मुलुक आज स्वतन्त्र र सावैभौम छ ।
यसरी कविले “ नेपाल ” कवितामा देशको प्राकृतिक सौन्दर्य , पुर्खाको साहस र बलिदानको गाथालाई सुन्दर ढङ्गले प्रस्तुत गरेर देशभक्तिको भावलाई मुख्य रुपमा उल्लेख गरेका छन् ।
तलको प्रश्नहरुको उत्तर दिनुहोस् ।
१. कवितामा कविले नेपालको प्राकृतिक सुन्दरताको वर्णन कसरी गरेका छन् स्पष्ट पार ।
उत्तर ः “नेपाल” कविताका लेखक सिद्धिचरण श्रेष्ठ हुन् । उनी प्रकृतिप्रमी कवि हुन् । उनका साहित्यहरुमा विशेष गरी प्राकृतिक सुन्दरताको वयान गरेको पाइन्छ । यस “नेपाल” कवितामा पनि उनले सुन्दर प्रकृतिको बारेमा प्रस्तुत गरेका छन् । कविका विचारमा नेपाल एक पवित्र मुलुक हो । यस मुलुकमा प्राकृतिक सुन्दरताका धाराहरु लहलह रुपमा बगेको देख्न सकिन्छ साथै देशलाई सुन्दर बनाउने पर्वतमालाहरु टहटह टल्किने सुन्दर हिमालहरले अझ सुन्दर बनाएको छ । वनजङ्गल, खोलानाला र चिरबिर चराको आवाजबाट निस्कने ध्वनिमा नेपालीहरुको पुरानो संस्कृतिको अभिव्यक्ति भएको पाइन्छ ।
यसरी कविले कवितामा भावनात्मक र कलात्मक रुपमा प्राकतिक सुन्दरताको व्याख्या गरेका छन् ।
२. कवितामा हाम्रा पुर्खाहरुले देशका निम्ति दिएको योगदानलाई कसरी वर्णन गरिएको छ , ले ।
उत्तर ः नेपाल कविताका लेखक सिद्धिचरण श्रेष्ठ हुन् । उनीद्धारा लिखित ‘‘नेपाल’’ देशभक्तिको भावनाले ओतपोत भएको कविता हो । यस कवितामा हाम्रा वीर र साहसी पुर्खाहरुले देशको निम्ति दिएको योगदानको कुरालाई प्रस्तुत गरेका छन् । कविको विचारमा नेपाली वीर सपूतहरुले इतिहासका अनेकौ कालखण्डमा आफ्नो साहस देखाएर देशको रक्षा गरेका छन् । यस देशको इज्जत र मानलाई उच्च पार्न ज्यामी, सिपाही र किसानले अतुलनीय योगदान पु¥याएको छ । ज्यामीले देशको भौतिक निर्माण गरे, किसानले खाधन्न उत्पादन गरी सबैको पेट पाले भने सिपाहीले देशको सुरक्षा गरी नेपाल र नेपाली मान मर्यादा कायम गरे । देशलाई बिकासको बाटोमा लम्काउन पुर्खाले धेरै रगत र पसिना बगाएमा थिए । पुर्खाले पु¥याएको योगदान नेपालीहरुको नसानसा भेट्न सकिन्छ । त्यसैको फलस्वरुप नेपाल आज स्वतन्त्र र सार्वभौम मुलुकका रुपमा अधि बढेको छ ।
व्याख्या गर्नुहोस् ।
१. ज्यामी, सिपाही र किसान सारा
छन् आज हाम्रा बलिया सहारा ।