Computer Science, asked by prithujashrestha1451, 3 months ago

मेरी आमा र म निबन्ध​

Answers

Answered by shreyamishra8374
1

मेरी आमाले मलाई धेरै माया गर्नुहुन्छ उहाँले मेरो हेरविचार राम्ररी गर्नुहुन्छ। उहाँले मलाई खाना मनलागेका मीठामीठा खानेकुरा पकाएर खुवाउनु हुन्छ। मेरी आमाले मैले मागेका सबै कुरा दिनुहुन्छ ।मलाई मन परेका सामग्री घरमा बनाउनुहुन्छ ।कहिलेकाहीँ त बजारबाट किनेर ल्याइदिनुहुन्छ। मेरी आमाले मलाई मिठो स्वरमा बोलाउनुहुन्छ। आमाको मधुर स्वर सुनी मन्त्रमुग्ध हुन्छ। आमाको स्वरबाट म धेरै खुसी पनि हुन्छ। आमाको माया संसारको सबैभन्दा ठूलो र महत्वपूर्ण हुन्छ। मलाई ज्यादै मन पराउनुहुन्छ। संसारमा सबै कुरा पैसा भए सबै आफ्नो बनाउन पाइन्छ तर जन्मदाता आमा र बुवा किन्न पाइन्न। अरुले दिएको लाख रुपैयाँभन्दा आफ्नी आमाको काख हुँदा ठूलो हुन्छ। नेपाली उखानमा भनिन्छ अरूकाे लाख आमाको काख यो भनाइलाई अत्यन्त उपयोगी र महत्वपूर्ण पनि मानिन्छ।

मेरी आमाले मलाई मेरा लागि धेरै नै दुःख गर्नु हुन्छ ।बिहानै उठेर घर आँगन सफा गर्नुहुन्छ नुहाइधुवाइ गरेर देवताको पूजा गर्नुहुन्छ । म उठ्नु अगाडि नै मेरा लागि खाजा बनाइदिनुहुन्छ। त्यसपछि मलाई उठाउनुहुन्छ ।हातमुख धोएपछि खाजा खान दिनुहुन्छ।मलाई मेरी आमाले पढ्ने हौसला दिनु हुन्छ। मेरो गलामा मेरो मुटुको टुक्रा पनि mi खानुहुन्छ। मलाई मेरी आमाले धेरै दुख गरेर हुर्काउनु भएको छ अब त म पनि बुझ्ने भएको छु ।आमा मलाई भन्नुहुन्छ बाबु तिम्रो काम पर्ने हो अनि लेख्ने हो तिमी मान्छे बन्नलाई धेरै परिश्रम गर्नुपर्छ म छक्क पर्छु। मेरी आमाले भनेको कुरा सुनी मलाई ठूलो र असल मान्छे बनाउन खोज्नु हुन्छ।वास्तवमा आमा भन्ने शब्द नै महान् छ। आमा शब्दलाई जति वर्णन गरेपनि थोरै नै हुन्छ।

मलाई समस्या परेको छ भने मेरी आमाले थाहा पाइहाल्नुहुन्छ उहाँले मलाई के समस्या पर्यो भनेर सोध्नुहुन्छ आमा मेरालागि अति मिल्ने मित्र हुनुहुन्छ मेरा सबै गोप्य कुरा पनि आमालाई सुनाउछु कहिलेकाहीँ बुवा लेकाली गर्दा आमाले सम्झाउनुहुन्छ। म रोएको बेलामा मीठो खानेकुरा दिई नयाँ नयाँ नाना किनी दिउला भनी पकाउनुहुन्छ। म मेरी आमालाई धेरै माया गर्छु मेरि आमा मेरो मनमा सधै बसिरहनुहुन्छ। म पढेर ठुलो मान्छे बन्ने छु र आमालाई धेरै खुसी दिनेछु।

वास्तवमा आमा मेरालागि हृदयको टुक्रा हुनुहुन्छ आमालाई रुवाउनु भनेको अाफै रूनु हो। छोराछोरीका हरेक क्रियाकलापमा तुरुन्त खुसी र दुःखी हुने आमा सबैकालागि महान हुनुहुन्छ ।ठूला ठूला गल्ती गर्दा पनि क्षमा di असल बाटो समाउने प्रेरणा दिनुहुन्छ। हाम्रो दुखमा दुखी हुने र सुखमा सुखी हुने गुण आमामा रहेको हुन्छ। आमा बिनाको संसार अन्धकार हुन्छ ।म, तिमी ,त्यो ,सबैलाई आमालेनै जन्म दिनुभएको हो ।हामी सबैले आमालाई सम्मान गर्न सक्नुपर्छ र सम्मान गर्न सिक्नुपर्छ।

Similar questions