नेपाल शिर्षक मा निबन्ध लेख।
Answers
Answer:
जन्म दिने आमा हो, हाम्रो देश नेपाल, जसरी हामीले हाम्रो आमालाई माया गछौँ, त्यसरीनै हामीले हाम्रो देशलाई माया गर्नुपर्छ । नेपाल एसिया महादेशमा पर्दछ । यसको क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. छ । यो भू–परिविष्ठित देश हो । सुन्दर देश नेपाल प्राकृतिक रुपामा तीन भागमा विभाजन गरिएको छ ।
क) हिमाल ख) पहाड ग) तराई
नेपालको राजधानी काठमाडौँ हो, जुन पहाडी भेगमा पर्दछ । नेपाल राष्ट्र धेरै विभूतिले भरिएको देश हो । यहाँ धेरै जात जातिका मानिसहरुको बसोबास छ । यहाँ १२५ जात र १२३ भाषा छन् । संसारकै सबैभन्दा अग्लो हिमाल सगरमाथा पनि हाम्रै देशमा पर्दछ । जसले नेपाल देशलाई चिनाउन मद्दत गरेको छ । यहाँ जम्मा जम्मी गरेर ६ हजार नदी नालाहरु छन् । कर्णाली, सप्तकोशी, वागमती नदीहरु नेपालका प्रख्यात नदिहरु छन् । यहाँ जङ्गल हुनाले फलफुल पनि प्रसस्त उत्पादन हुन्छ । यहाँको निकुञ्जमा बाघ, भालु, चितुवा, मैना, मयुर, डाँफे जस्ता पशु पंक्षीहरु पाइन्छन् । दुर्लभ मानिले एक सिङ्गे गैँडा पनि हाम्रो देशमा पाइन्छ । यहाँ बुद्ध, सिता, भृकुटी, अरनिको, पृथ्वी नारायण शाह जस्ता प्रख्यात विभूति जन्मिएका थिए जसले नेपाललाई विश्वमा चिनाएको छ । नेपालीहरु विर, इमान्दार र कर्तव्य निष्ठाका नामले परिचित छन् ।
नेपाल राष्ट्रमा इतिहास भन्दा अहिले धेरै अघि बढिसकेको छ । २२ औँ युगका संसारलाई चुनौति दिन सक्ने नेपालीहरु भइसकेका छन् । देशमा विकासको मुल फुटिरहेका छन् । नेपाल देश विकासको उन्नतिको अघि पाइला चालिरहेका छन् । त्यसैले हामी सारा देश बासि पनि हातेमालो गरेर अगाडि बढ्नु पर्छ ।
Ⓜ️Ⓜ️Ⓜ️
नेपाल दक्षिण एसियामा सुन्दर जग्गाजस्तो देश हो यसको राजधानी शहर काठमाडौं हो। नेपाल भारत र चीन ले घेरिएको छ। नेपालमा एक राजा हुन्थ्यो तर अब राष्ट्रपति छ। नेपाललाई तराई, पहाड र हिमाल गरि तीन भागमा बाँडिएको छ।
नेपाल सगरमाथा, सुन्दरता र पशुपति मन्दिरको लागि प्रसिद्ध छ जुन हिन्दुहरूको लागि हो। माउन्ट एभरेष्ट विश्वको सबै भन्दा अग्लो पहाड हो जहाँ धेरै पर्यटकहरू आउँछन्। यी बाहेक, हामीले भ्रमण गर्नुपर्ने नेपालका तीन स्थानहरू लुम्बानी, चितवन र पोखरा पनि हुन।
लुम्बनी त्यो ठाउँ हो जहाँ भगवान बुद्ध जन्म भएको । चितवन जंगल सफारीको लागि प्रसिद्ध छ।
पोखरा पर्यटकका लागी हेर्न धेरै सुन्दर ठाउ हो। गत बर्ष नेपालको भ्रमण गरियो र मलाई पानी पुरी र नेपालको मोमो मनपर्यो।
नेपालको राष्ट्रिय चाड़हरू दशै र तिहार हुन् र राष्ट्रिय जनावर गाई, राष्ट्रिय फूल लालिगुरास र राष्ट्रिय पक्षी डाफे हुन। नेपालमा धेरै अवसरहरू छन्। म चाहन्छु कि नेपालमा सबैको रोजगारी होस र नेपाल पर्यटकका लागि स्वच्छ र शान्तिमय रहनको लागि कुनै झगडा बिना नै रहोस्।
अन्तमा मलाई नेपाली भएकोमा गर्व छ र नेपालको संस्कृति मन पराउँछु। जब म ठूलो हुन्छु म नेपालका गरिब र दरिद्र मानिसहरूलाई सहयोग गर्न चाहन्छु।
Please mark my answer as a brainlist