CBSE BOARD XII, asked by gurungdipa750, 28 days ago

पोखरा को बरेमा नेबन्धा लेख​

Answers

Answered by Hyemi2008
9

Answer:

पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । यसलाई सेती उपत्यका पनि भन्ने गरिन्छ । नेपालकै दोस्रो ठूलो नगरको रूपमा रहेको पोखरा लेखनाथ महानगरपालिका र ४ वटा गाउँपालिका समेत रहेको पोखरा उपत्यकाबाट बिजयपुर, कोत्रे लगायतका खोलाहरू सेती नदीको जलधारामा मिसिएर उपत्यका बाहिर निस्कन्छन् । पोखरा उपत्यका तालहरूको दृष्टिकोणले पनि धनी उपत्यका हो । यहाँ फेवा ताल, बेगनास ताल, रूपा ताल खास्टे ताल लगायतका ठुला तथा मैदी दिपाङ, कमलपोखरी लगायतका साना तालहरू यो उपत्यका भित्रै रहेका छन् ।

Answered by dahiyatamanna936
0

Answer:

पोखरा

घुम्न जान मन लाग्यो तर कहाँ जाने होला,

यस्तो सुन्दर वातावरण जहाँ बग्छ निर्मल खोला।

जानु पर्‍यो जस्तो छ पोखरा भन्ने ठाउँ,

अहिल्यैसम्म गएको छैन तर सुनेको छ नाउँ।

जान्छु पोखरा अनि हेर्छु यो कत्तिको छ सुन्दर,

चढ्छु डुङ्गा, हेर्छु हिमाल अनि जान्छु मन्दिर।

देखिन्छ रे त्यहाँबाट हिमालहरुका लहर,

यस्तो सुन्दर ठाउँ घुम्न जाने छ मेरो रहर।

(राहुल चौधरी)

तिमीले सुनेका कुरा असत्य होइन बरु सुनेकोभन्दा बढी नै राम्रो होला चौधरी बाबु पोखरा। वरिपरि हरिया डाँडा पाखाले घेरेको उपत्यका खेती बारी हराभरा हुन्छ बाह्रै काल। उत्तरदेखि दक्षिण बगेकी छ सेती नदी गहिराइमा लुकामारी खेली। गर्जन्छिन् यिनी सबैलाई ब्युँ137याई। सात तालले सिंगारिएको सिमसारको धनि यो पोखरा बढी वर्षा हुने ठाउँ मानिन्छ। उपत्यका भए पनि दक्षिणतर्फ ढालु परेकोले पखालिन्छ शहर अनि सफा स्वच्छ देखिन्छ। उत्तरतिर ठडिएको अन्नपूर्ण चाँदी जस्ता टल्केको हिमश्रृंखलाको मनमोहक दृश्यको बयान त हजार जिब्रा भएका शेष नागले पनि गर्न नसक्ला जस्तो लाग्छ चौधरी बाबु। सूर्योदय र अस्ताउँदाको किरण हिमालमा छरिंदा शोभायमान देखिने हिमालले पर्यटकलाई बहुला नै बनाइदिन्छ। कतिपय नेपाली फिल्म र एडभर्टाइजमा माछापुच्छ्रेको छायाँ फेवा र बेगनास तालमा परेको छायांकन गरेको तिमीले पनि हेर्‍यौ होला। कति फोटोग्राफरले पोखराका यस्ता सुन्दर दृश्य खिची पोष्टकार्ड बनाई फाइदा पनि गरेका छन्। मैले सुनेको छु राहुल जापानी पर्यटकले पोखराका राम्रा राम्रा दृश्यको पोष्टकार्ड बनाई बिक्री गरी कमाएको पैसा नेपालकै विद्यालयहरुमा खर्च गरिआएका छन्। फेवा तालको निकास पानी एउटा ठूलो प्वालबाट पाताली दुई तीन कि.मी. टाढा फुर्से खोलामा निस्केको त अचम्मै लाग्छ राहुल। यो पानी खसेको ठाउँलाई डेभिज् फल नामाकरण भएको छ भने पाताले छाँगो पनि भनिन्छ

Similar questions