CBSE BOARD X, asked by saurabjha74, 2 months ago

१५. सपसग व्याख्या गर्नुहोस् :
(क) यो युद्ध तिमीले जित्यौ किनकि तिम्रा भाइ लक्ष्मण तिम्रो पक्षमा थिए।​

Answers

Answered by hanupratap907
2

Answer:

write in english please then I tell answer

ok

Answered by tragicsoul054
5

Answer:

प्रस्तुत अंश कक्षा १० को नेपाली पाठ्य पुस्तकको पाठ १ मा रहेको जन्मभूमि नामक कथाबाट साभार गरिएको हो । यस कथामा रामायणको पौराणिक विषयवस्तुलाई कथ्यको रूपमा समेटिएको छ । सीता हरणपश्चात् रामचन्द्र र रावणको बिचमा युद्ध भई लङ्का रामचन्द्रले जितेपछि लङ्काका राजा रावणले आफ्नो हार स्विकार्दै आफू हार्नुको प्रमुख कारण भाइसँग भएको फुट र वैमनस्य भएको कुरा व्यक्त गर्ने क्रममा माथिको अंश आएको हो ।

सीता हरण गर्नु गल्ती भएको कुरा विभीषणले अनुरोध गर्दा रावणले कुलद्रोही भन्दै गाली गरेर आफ्नो घमन्ड छोड्दैनन् । घमन्डले गर्दा उल्टो भाइलाई नै देशबाट निकाला गर्छन् । सोपश्चात् विभीषण असत्यको पछि लाग्दिन भन्दै आफ्नै दाजुको विपक्षी भई रामचन्द्रको तर्फबाट युद्ध लड्छन् । राजकाज, राज्य शक्तिको प्रयोग, शासकीय प्रवृत्तिलगायत सबै आन्तरिक कुरा थाहा भएको भाइ विपक्षमा लागेपछि भाइभाइको फुटबाट स्वतः रावणको शक्ति कमजोर भयो । लक्ष्मण त आफ्नी भाउजू सीताको रक्षा र अपहरण मुक्त गर्न लागि परेका थिए । लक्ष्मणले वनवास जाँदादेखि नै दाजुलाई हरक्षण सहयोग र साथ दिएका थिए । रावणसँग युद्ध लड्दा पनि लक्ष्मणले सकेको सहयोग गर्दै आफ्नो पराव्रक्रम देखाए । भाइको साथले गर्दा रामचन्द्रको विजय भयो । विजय गर्ने प्रमुख श्रेय रामलाई गए तापनि त्यसको पछाडि लक्ष्मणको पूर्ण सहयोग थियो हारजित युद्धमा अवश्य हुन्छ,

तर जब आफ्ना आफन्तको साथ टुट्छ, आफन्त नै दुस्मन वा शत्रु बनेर आएपछि जित टाढा भाग्छ । रामचन्द्र र रावणबिचको युद्धमा पनि सोही भयो । त्यसैले भाइ फुटे गवार लुटे भन्ने उखान बनेको हो । आफ्नो भन्ने नै पराई भएपछि वा अफ्नालाई नै रिझाउन नसकेपछि पराइले दागा धर्नु स्वाभाविक हो । अन्त्यमा आइपुग्दा रावणले आफ्नो हारको स्वीकार गर्दै आफूले आफ्नो भाइलाई समेत रिझाउन, आफ्नो बनाउन नसक्नु नै हारको प्रमुख कारण मानेका छन् । आफन्त आफन्तबिचको मेलले सधैँ जित, सफलता, भ्रातृत्व र शान्ति कायम हुन्छ भने आफन्तको फुटबाट शत्रुको जित हुन्छ । आफ्नो पनि विचल्ली हुन्छ । अतित्व समाप्त हुन केही बेर लाग्दैन । माथिको भनाइले यही कुरालाई पुष्टि गरेको पाइन्छ ।

Explanation:

class 10 answer

Similar questions