सर्वनाम भनेको के हो? प्रकार र उदाहरण सहित लेख्नुहोस् ।
Answers
Answer:
नामको ठाउंमा प्रयोग हुने शव्दलाई सर्वनाम भनिन्छ| नाम वा नामपदसमूहको पुनरुक्ति रोक्न सट्टामा आउने शब्दलाई सर्वनाम भन्दछन् । उदाहरण को लागि कुनै, म, तिमी ऊ, यो, त्यो, हामी, उनी । नेपालीमा सर्वनामका निम्न प्रकारहरू छन्:
क) व्यक्तिवाचक सर्वनाम:
पुरुष वा व्यक्तिलाई जनाउने सर्वनाम व्यक्तिवाचक सर्वनाम हो । यस खालका सर्वनामहरू निम्नलिखित तीन प्रकारका हुन्छन्:
अ) प्रथम पुरुषवाचक- प्रेषक(बोल्ने वा लेख्ने व्यक्ति) लाई बुझाउने सर्वनाम,
जस्तै- म(एकवचन), हामी(बहुवचन) ।
आ) द्वितीय पुरुषवाचक - प्रापक(पढ्ने वा सुन्ने व्यक्ति ) लाई बुझाउने सर्वनाम,
जस्तै- तँ(एकवचन), तिमी, तिमीहरू(बहुवचन) ।
इ) तृतीय पुरुषवाचक- प्रेषक र प्रापक बाहेक अरू कसैलाई बुझाउने सर्वनाम,
जस्तै- यो, त्यो, ऊ(एकवचन), यी, यीनीहरू, ती, तिनीहरू,उनिहरू(बहुवचन) ।
आदरार्थी- यिनी, यी, तिनी, ती, उहाँ, उहाँहरू, उनी ।
आत्मवाचक- आफू, आफूहरू, आफूआफूहरू ।
पारस्परिक- एकअर्का, आपसआपस ।
निश्चयवाचक- निज, निजहरु, अरू, अरूहरू, सबै
Answer:
सर्वनाम के प्रकार
Explanation:
क) जातिवाचक: एउटै प्रकार वा जातका सबैलाई बुझाउने शब्दलाई जातिवाचक नाम भन्दछन्, जस्तै- मानिस, परेवा आदि ।
ख) व्यक्तिवाचक: कुनै एक वा विशेष व्यक्ति अथवा वस्तुलाई बुझाउने शब्दलाई व्यक्तिवाचक नाम भन्दछन्, जस्तै- राम, महाभारत आदि ।
ग) समूहवाचक नाम: व्यक्ति वा वस्तुको समुदायलाई बुझाउने शब्दलाई समूहवाचक नाम भन्दछन्, जस्तै- हुल, भेला, बथान आदि ।
घ) द्रव्यवाचक नाम: नाप वा तौल भएको पदार्थलाई बुझाउने शब्दलाई द्रव्यवाचक नाम भन्दछन्, जस्तै- सुन, चाँदी। पानी, काठ आदि ।
#SPJ3