तलका प्रश्नहरूको लामो उत्तर देऊ:
(क) ग्रन्थ लेख्ने र रेखाचित्र कोर्ने काममा प्रयोग गरिने रक र बस्तुहरूको निर्माण
कसरी गरिन्छ ?
(ख) चित्रकलाको विकासमा ग्रन्थचित्रको के कस्तो भूमिका रहेको छ, स्पष्ट पार ।
भाव स्पष्ट गर:
(क) मानव सभ्यताको विकाससँगै धर्म, संस्कृति, सामाजिक मूल्य र मान्यताको विकास
भएको छ।
(ख) हामीले आफ्नो कला र सिपलाई कुनै न कुनै रूपबाट प्रस्तुत गरी जीवनोपयोगी
बनाउन सक्नुपर्छ।
नी, कक्षा ८
२७
Answers
Answer:
Share116
अभ्यास
२.
क. चित्रकला, वास्तुकला, मूर्तिकला र नृत्यकलाहरु मानव मनलाई लोभ्याउने कला हुन् ।
ख. ग्रन्थचित्र ललित कलाको दृश्य भेदअन्तर्गत पर्दछ ।
ग. ग्रन्थको बाहिरी आवरणमा बनाएका चित्रलाई गाता चित्र भनिन्छ ।
घ. ताडपत्र ताड रुखमा लामा लामा पात सुकाएर त्यसमा लेख्ने गरी तयार पारिन्छ ।
ङ. प्राचिन समयमा चित्र बनाउँदा कलाकारले प्राकृतिक रङको प्रयोग गर्थे ।
च. हामीले चित्रकला, मूर्तिकला, वास्तुकला, नृत्यकला आदिसँग परिचित हुने मौका पाएका छौँ ।
३.
क. ठीक (✔)
ख. बेठीक (✖)
ग. बेठीक (✖)
घ. ठीक (✔)
ङ. ठीक (✔)
४.
क. निकैपछि
ख. वर्णनात्मक रेखाचित्र
ग. प्रज्ञा पारमिता
घ. खुलस्त
५.
क. चित्रकलाको इतिहास निकै पुरानो छ ? यसको सम्बन्ध मानव सभ्याताको इतिहाससँगै जोडिएको छ । मानिसले उसको कलालाई कापीका पानामा कोरी सिंगार्न थालेपछि चित्रकलाको जन्म भयो ।
ख. पहिलो ग्रन्थको बाहिरी गातामा चित्र बनाइन्थ्यो । त्यसै गरी भित्री भागमा पनि चित्र बनाइन्थ्यो । पुस्तकको पाना वा भित्री भागको सुरक्षाका लागि गाता बनाउने चलन छ । यस्ता गाताका दुवैतिर त्यस ग्रन्थमा आधारित भएर चित्रहरु बनाइन्थ्यो । पुस्तकभित्र वर्णन गरिएका विषय वस्तुहरुलाई सरल पाराले बुझाउन विषय÷प्रसंगअनुसार रेखाचित्र वा रंगीन चित्र पानाको छेउमा बनाइन्थे ।
ग. कागजको आविष्कार हुनुभन्दा पहिले ताडपत्र र भोजपत्रमा ग्रन्थचित्रहरु कोरिन्थे । पहिले ताड नामको रुखका पातहरु तथा भोजपत्रका बोक्राहरुलाई सुकाइन्थ्यो । ती पात तथा बोक्राहरु सुकेर चित्र बनाउन योग्य भएपछि चित्रहरु कोरिन्थ्यो ।
६.
क.
ग्रन्थ÷शास्त्रको कथा वा विषय वस्तुमा आधारित चित्रलाई ग्रन्थ चित्र भनिन्छ । ग्रन्थचित्रमा कलाकारले विषय वस्तुको आधारमा रंग तथा गरगहना, कपडा र मुखको हाउभाउ मिलाएर चित्र कोर्दछन् । कागजको आविस्कार हुनुभन्दा पहिले ताडपत्र र भोजपत्रमा ग्रन्थचित्रहरु कोरिन्थे । ताड नामको रुखका पातहरु तथा भोजपत्रका बोक्राहरुलाई सुकाएर चित्र बनाउन योग्य पारेपछि चित्रहरु कोरिन्थ्यो । त्यस्ता ग्रन्थमा लेख्न बाँसको कलम प्रयोग गरिन्थ्यो । चित्रमा रंग लगाउन चराको प्वाँख तथा कलाकार आफैँले बनाएको जनावरको रौँको ब्रस प्रयोग गरिन्थ्यो । लेखका निम्ति कटुस, आँप र अमलाका पातलाई धेरै बेर पकाएर कालो मसी बनाइन्थ्यो । ग्रन्थ लेख्न र रेखाचित्र कोर्न यही मसीको प्रयोग गरिन्थ्यो ।
ख.
चित्रकलाको इतिहास निकै पुरानो छ । यसको सम्बन्ध मानव सभ्यताको इतिहाससँगै जोडिएको छ । मानव सभ्यताको विकाससँगै धर्म, संस्कृति, सामाजिक मूल्य मान्यतामा केन्द्रित भइ निर्माण गरिएका चित्रहरु परम्परागत, चित्रकलाका नमुना हुन् । आधुनिक चित्रकलाको सुरुवात निकै पछि भएपनि ग्रन्थचित्रहरुले त्यसको ठाउँ लिएका छन् । परम्परागत रुपमा केवल ग्रन्थको शोभा र विषय वस्तु स्पष्ट पार्न कोरिने ग्रन्थचित्रहरुको प्रभाव अहिले झनै बढ्न थालेको छ । विद्यार्थीलाई पढाउन, मनोभावनालाई खुलस्त पार्न र सिकाइका लागि वस्तुनिष्ठ बनाउन चित्रकलाको व्यापक प्रयोग गरिन्छ । यसको पूर्वज ग्रन्थचित्र नै हो । यसरी चित्रकलाको विकासमा ग्रन्थचित्रले उल्लेखनीय भूमिका पु¥याएको प्रष्ट हुन्छ ।
७.
क. मानव विवेकशील प्राणी हो । मानवको विकास सभ्यताको विकास हो । समयसँगसँगै क्रमश धर्म, संस्कृति, सामाजिक मूल्य र मान्यताको विकास हुँदै गइरहेको छ । धर्म, संस्कृति, सामाजिक मूल्य र मान्यता मानव निर्मित कुराहरु हुन् । इतिहासको कालखण्डमा जीवन पद्धतिमा परिस्कार गर्ने ध्येयले मानिसले विभिन्न धर्महरुको सुरुवात गरेको थियो । यही धर्मले पाप र पुण्यका बारेमा मानिसलाई सचेत गराउँदै गयो र सत्यको बाटोमा लाग्न प्रोत्साहन गर्दै गयो । धर्मको मुख्य आधार भनेकै धर्म, संस्कृति, सामाजिक मूल्य र मान्यता थियो । मानव सभ्यतालाई जगैदेखि बलियो बनाउन यिनीहरुको ठूलो योगदान रहेको छ । मानव सभ्यताको विकासका लागि धर्म, संस्कृति, सामाजिक मूल्य र मान्यता भनेका विकासका पूर्वाधार हुन् । मानव सभ्यताको विकाससँगै धर्म, संस्कृति, सामाजिक मूल्य र मान्यताको विकास भएको छ ।
ख.
मानिस प्रकृतिको सिर्जनशील प्राणी हो । उसले अनेक सिर्जना र विशट्कलाका स्वरुपहरु देखेको छ । सुन्दर पक्षलाई सर्वाेत्तम अभिव्यक्तिले प्रस्तुत गर्नु कला हो । यसका लागि सीप, क्षमता आदिको आवश्यक पर्दछ । कला धेरै प्रकारका हुन्छन् । त्यसमा चित्रकला मूर्तिकला, वास्तुकला, नृत्यकला आदि केही उदाहरणमात्र हुन् मानव जीवनलाई सार्थक तुल्याउने कला नै हो । कला जीवनका लागि भन्ने मान्यतालाई आत्मसात् गरी कलालाई जीवनोपयोगी बनाउन सक्नुपर्छ । सीप सिर्जनाको आधार हो । कला एउटा सिर्जना हो । हामीले आफुमा भएको सीपलाई सान्दर्भिक रुपले प्रस्तुत गरी आफ्नो कला देखाउनु पर्दछ । हामीले हाम्रा सबै खालका कला र सीपलाई जीवन सापेक्ष बनाउँदै जानुपर्छ । त्यस्तै आफुमा भएको कला सीपलाई लुकाउन हुँदैन । यसलाई प्रस्तुत गरी जीवनोपयोगी बनाउन सक्नुपर्दछ ।
. यो निवेदन २०७१/१०/०१ मा लेखिएको हो ।
ख. सूचना गोरखापत्रमा प्रकाशन भएको थियो ।
ग. यो निवेदन तुलसा विश्वकर्माले विद्यालयका प्रधानाध्यापकलाई लेखेको हो ।
घ. कविता प्रतियोगिता सहिदहरुको सम्मानमा गरिएको रहेछ ।
ङ. कविता प्रतियोगिताको आयोजना नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँले गरेको रहेछ ।
च. निवेदनले कविता प्रतियोगितामा भाग लिन चाहनुको कारण प्रतिभा प्रस्तुत गर्नु हो ।