![\huge\fbox\pink{Question} \huge\fbox\pink{Question}](https://tex.z-dn.net/?f=%5Chuge%5Cfbox%5Cpink%7BQuestion%7D)
"जागिरभन्दा व्यापार बेस" भन्ने विषयको पक्ष र विपक्षमा आफ्नो तर्कहरु प्रस्तुति गर :-
Answer should be more than 250 words
Subject:- Nepali
❌✖️No need to post unwanted answers✖️❌...
Answers
ठूलो लगानी गरेर व्यापार गर्नेहरुको कमाई त धेरै हुन्छ नै। तर, हजार लगानी गरेर लाखौँ कमाउनेहरु भने थोरै छन्। त्यसमाथि दिनको तीनघण्टामात्र काम गरेर।
लमजुङका सुरेन्द्र तिमल्सिना हजार लगानी गरेर लाख कमाउने मध्येका एक हुन्। उनी मास्टर्स पास गरेको सर्टिफिकेट घरमा थन्क्याएर घ्युकुमारीको जुस बेचिरहेका छन्।
कोटेश्वर चोकबाट करिब १० मिनेट पश्चिमतिर हिँडिसकेपछि महादेवस्थान मन्दिर आउँछ। महादेवस्थान मन्दिरको प्राङगणमा केही पुरोहितहरु बसेर ग्रह शान्ति पूजा गरिरहेका हुन्छन्। फूल व्यवसाय यहाँ वर्षौदेखि चलिरहेकै छ।
तर, २ वर्षदेखि यस ठाउँको दृश्य फेरिएको छ।
घ्युकुमारी जुस बेच्न बसेका छन्, सुरेन्द्र। बिहानको समयमा जुस खान त्यहाँ भिड नै लाग्छ। उनले घ्युकुमारी जुस बेच्न सुरु गरेदेखि अहिले त्यहाँ जमराको जुस,ग्रीन टी र दिव्य रस स्वास्थ्यलाई फाइदा हुने भन्दै बेच्नेहरु थपिएका छन्।
तर, सुरेन्द्रको घ्युकुमारीको जस्तो क्रेज अरुको छैन्। घ्युकुमारी जुस पिउन लाइनमा हुन्छन भने अरुमा फाट्टफुट्ट।
विद्यार्थीका प्रिय ‘एलोभेरा दाइ’
मन्दिर नजिकै छ कोटेश्वर बहुमुखि क्याम्पस। क्याम्पसका शिक्षक र विद्यार्थीहरु पनि उनका ग्राहक हुन्। क्याम्पसका विद्यार्थी 'फ्रि टाइम'मा त्यहाँ झुम्मिन्छन्।
Reffer to the attachment .................
![](https://hi-static.z-dn.net/files/d05/ac6038ce4d58f5e34e7f831735b627a7.jpg)
![](https://hi-static.z-dn.net/files/db0/ca3b75ca09c7e0f782dbc243597d33c0.jpg)
![](https://hi-static.z-dn.net/files/de0/185e587d3067406b313526464caa59f5.jpg)
![](https://hi-static.z-dn.net/files/d5e/c9b58ee7bfa69e963e60791467a434d6.jpg)