India Languages, asked by govindprasadgautam, 7 months ago

Write a poem about garib in Nepali please i will make you braineleist and give you 5 stars and a thank you

Answers

Answered by sahithi98
2

Answer:

गरीब भन्छौ ? सुखको मझैं धनी मिल्दैन संसारभरी कतै पनि

विलासको लालस-दास छैनँ म मीठो छ मेरो रसिलो परिश्रम ।

प्रयासको पत्थरमा नदीसरि बहन्छु हाँसी म तरङ्गले भरी

म पोखरीझैं उहि ठाउँ जम्दिनँ छ शुद्ध यो जीवनको सबै कण ।

.

निधार मेरो पसिना-जडाउ छ मोती तिनैको अनमोल भाउ छ

छ शान्तिको सुन्दर दीप वासमा पीयूषको स्वाद छ गाँसगाँसमा ।

छ भोक मीठो, रसिलो प्यास छ अन्तमा व्यञ्जनको सुवास

छ थोर आवश्यकता पुगेपछि म बस्छु संसार नयाँ नयाँ रची ।

.

जगत् छ मेरो घरबार सुन्दर आकाश नीलो छ: तले मनोहर

छन् रत्न सारा उसमा भराभर छन् चन्द्रमा दीप तथा प्रभाकर ।

प्रभात सन्ध्याहरू रङ्ग भर्दछन् र मेघ आईकन दङ्ग पर्दछन्

छ नृत्य राम्रो ऋतुको समागम दृश्यादि पर्दा दिन-रातको क्रम ।

Explanation:

i don't know much but tried

Mark as brainliest

Similar questions